January 13, 2025
भदौ २१, २०८०

हेटौंडा \ सहकारीको एक्सेस छैंटौ क्लटर अन्तरगत हेटौंडामा १५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको छ । हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यशाला भएको हो ।

संस्थाका अध्यक्ष विष्णु माया लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख बानियाँले बैंकसँग पहुँच नपुगेकालाई सहकारी संस्था ग्रामिणभेगका लागि उपयुक्त वित्तीय सारथिको रुपमा रहेको बताएका छन् । उनले सहकारीमा पछिल्लो समय बेथिति थुप्रिदैँ गएको अवस्थामा बेलैमा सजग रहन आग्रह गरेका छन् । सहकारीले शाखा विस्तार गर्नु पनि एउटा समस्या सिर्जना गर्नु हो भन्दै स्थानीय तहमा सहकारी भागेको र निक्षेप फिर्ता नदिएको जनगुनासो बढ्दो क्रममा रहेको बताए ।

सहकारीले स्थानीय सरकारसँगको सहकार्य गर्न आग्रह गर्दै उपप्रमुख बानियाँले भनेः अनुगमनले तीव्रता पाउनेछ, सहकारीले आवश्यक नीति संसोधन गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, वडा नम्बर १३ वडा सदस्य दावा लामा, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुनका कार्यक्रम अधिकृत पेशल कुमार खड्का, संस्थाका पुर्व अध्यक्ष लक्ष्मी कुमारी थिङलगायतको आतिथ्यता रहेको थियो ।

No description available.

कार्यशालामा नव विकास साकोस रौतहट, जागरण साकोस मकवानपुर, सर्वशक्ति साकोस चितवन, हाम्रो चित्रवन साकोस चितवन, प्रभात दिदीबहिनी साकोस चितवन, महिला अभियान साकोस मकवानपुर, ग्रामीण साकोस चितवन, जनचेतना साकोस मकवानपुर, भरतपुर जनसेवा साकोस चितवन र आयोजक संस्था महिला मिलन साकोस गरी १० वटा सहकारी संस्थाको सहभागिता रहेको थियो ।

कार्यशालामा सहकारी संस्थाले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुका साथै नेफ्स्कुनका कार्यक्रम अधिकृत पेशल कुमार खड्काले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गरेका थिए ।