हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापना दिवसमा संस्थागत छलफल गरि मनाएको छ ।
सहकारी संस्था दर्ता भएको दिनलाई स्थापना भएको भनी सहकारीले १५ औं स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख अतिथ्यता रहेको थियो ।
केक काट्दै सहकारीको संस्थागत विकास, आगामी लक्ष्यका विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका उपसमिति सदस्य राजेन्द्र प्रसाद पौडेल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, नवयुवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारीको आतिथ्यता रहेको थियो ।
स्थापना दिवस सहकारी संस्थाको संस्थागत छलफल गरीनुका साथै शुभकामना आदानप्रदान गरि मनाइएको संस्थाका कार्यकारी प्रमुख शर्मिला श्रेष्ठले बताईन् ।