February 24, 2024
साउन २६, २०८०

हेटौंडा \ मकवानपुरका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र उपाध्यक्षको भेला शुक्रबार हेटौंडामा भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजना भेला भएको हो । सहकारी संस्थाका अध्यक्ष र उपाध्यक्षहरुका लागि भनी अध्यक्ष उपाध्यक्ष जिल्ला भेला” बाट प्रतिवद्धता पत्र— २०८० जारी गरिएको छ । भेलाले ७ बुँदे प्रतिवद्धता पत्र समेत जारी गरेको हो ।

जारी पत्रमा १) सदस्यहरुका लागि सहकारी शिक्षा कोषलाई परिचालन गरि व्यापकरुपमा सहकारी शिक्षाका साथै सीपमूलक कार्यक्रमहरु संचालन गर्नेछौं । २. सहकारी ऐन २०७४ मा व्यवस्था भए बमोजिम विनियम संशोधन तथा पुनरलेखन गर्नेछौ । ३. लेखापरिक्षण, वार्षिक साधारण सभा तोकिएको समयावधि भित्र सदस्य केन्द्रित बैठकको रुपमा संचालन गरि वार्षिक योजना तथा बजेट अनिवार्य रुपमा साधारण सभाबाट स्वीकृत गर्नेछौ ।

त्यस्तै, पत्रको ४. कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ बमोजिम अध्यावधिक गर्नेछौ । ५. विनियम बमोजिमको काम, कर्तव्य र अधिकारलाई पूर्ण रुपमा पालना गर्नेछौं । ६. आवश्यक नीति तर्जुमा तथा समय सापेक्षा संशोधन गर्दै नीतिगत व्यवस्था अनुसार नविनतम प्रविधि अवलम्वन गरि संस्थालाई स्वनियमन र सुशासनमा संचालन गर्नेछौं । ७. पल्र्सको मापदण्ड अनुसार वित्तिय प्रतिवेदनलाई व्यवस्थापन गरि ऋण जोखिम कोष पुर्णरुपमा व्यवस्थापन गर्दै वित्तिय विवरणहरु दैनिक रुपमा प्रविष्टि गरि अध्यावधिक गर्नेछौं । भन्ने रहेको छ ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहालको आतिथ्यता रहेको थियो ।

No description available.

भेला पश्चात संघका कोषाध्यक्ष विष्णुमाया लामाले सात बुँदे प्रतिवद्धता पत्र पढेर सार्वजानिक गरेकी थिइन् । उनले पत्रमा उल्लेख भएका बुँदालाई कार्यान्यनमा ल्याउन सहभागि प्रारम्भिक संस्थाका अध्यक्ष र उपाध्यक्षलाई आग्रह गरेकी छिन् ।

भेलामा संघका अध्यक्ष कल्पना श्रेष्ठले संघको वर्तमान अवस्था विश्लेषण, संघ/सदस्य साकोसको संस्थागत प्रस्तुतीको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले पदीय भूमिका, वार्षिक लेखा परिक्षण, वार्षिक साधारण सभा प्रस्ताव, वार्षिक साधारण सभा प्रतिवेदन, समसामयिक विषयवस्तुबारे विस्तृत रुपमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । भेलामा संघमा आवद्ध रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

No description available.