January 13, 2025
साउन १९, २०८०

हेटौंडा \ सहकारी संस्थाहरु सहकारीको विधान, उद्देश्य, मर्म र सहकारी ऐन नियम अनुसार चल्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । राष्ट्रिय सहकारी बैंकको २१ औं स्थापना दिवसको अवसरमा शुक्रवार हेटौडा शाखाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुले सहकारी संस्थाहरु  ऐन नियम अनुसार चल्न नसक्दा समस्या आएको बताएका थिए ।

राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सहकारी महाशाखा रजिष्ट्रार राधाकृष्ण खतिवडाले सहकारी संस्थाहरुलाई सक्षम बनाउन आफू सदैव क्रियाशिल हुने बताए । खतिवडाले सहकारी ऐन नियम परिमार्जन गरी सहकारीमैत्री बनाउने आफनो अभियान भएको बताए ।

No description available.

कार्यक्रममा हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल,  जिल्ला बचत तथा ऋण सहकारी संघ, अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष हरी प्रसाद कंडेल, जिल्ला सहकारी संघ, मकवानपुरका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, सहकारीकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । हेटौडा शाखामा ३ सय ३७ सहकारी संस्था आवद्ध रहेका छन भने निक्षेप १ अर्ब २७ करोड र कर्जा लगानी ६९ करोड रहेको शाखा प्रमुख रामेश्वर अर्यालले बताए ।