काठमाडौं \ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्ती भएका छन् । सरकारले सचिव डा. दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्दै निर्वाचन आयोगका सचिव दुवाडीलाई सहकारी मन्त्रालयमा ल्याएको हो ।
नवनियुक्त सचिव दुवाडीलाई विहिबार राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो अवसरमा सचिव दवाडीले सहकारी क्षेत्रको असल अभ्यासलाई अझै विस्तार गर्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने बताए ।
‘सहकारी क्षेत्रको समस्या तत्काल सबै मिलेर सम्बोधन गर्नुर्पछ । यो क्षेत्र विग्रदा समग्र अर्थतन्त्र डुब्छ । त्यसैले मन्त्रालय अभियानसँग हातेमालो गरेर अगाडी बढ्ने छ’ उनले भने । स्वानियमदेखि सहकारीको मुल्यमान्यता, सिद्धान्तको परिपालना गराउने विषयमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।