काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको उल्लेख गर्नुभयो ।
शर्माले सहकारी पीडितहरु आन्दोलन गरिरहेका भन्दै उनीहरुको माग समबोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले श्रमिकहरुकने ज्यालाबारे पनि सरकार,रोजगारदाता र सम्बन्धित निकाय छलफल गरेर टुंगोमा पुग्नु पर्नेमा जोड दिनुभयो ।