मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्य पशुपालक किसानलाई सहकारी शिक्षा प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष हिरामणि दाहालको सभाध्यक्षतामा सहकारी शिक्षा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सहकारी शिक्षा सम्बन्धी सहजीकरण जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरि प्रसाद कंडेलले गरेका थिए । दुध संकलनको कार्य गर्दै आइरहेको सहकारीले पछिल्लो समय गाईवस्तु तथा भैसीह?मा देखा परेको प्रकोपह? बारे र त्यसबाट बच्न र बचाउने तरिकाबारे समेत शिक्षा दिइएको थियो । पशु सम्बन्धी शिक्षा भने गाउँपालिकाका पशुविकास शाखाका प्रमुख सत्यनारायण साहले गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार इन्द्र बहादुर बस्नेत, यज्ञ प्रसाद तिमल्सिना, तेज बहादुर अधिकारी, नारायण प्रसाद न्यौपाने लगायत कार्यसमिति तथा विभिन्न उपसमितिका सदस्यह?को उपस्थिती रहेको थियो । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत किसानह?लाई सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । कार्यक्रममा ४० जना भन्दा बढी किसानह?को सहभागिता रहेको थियो ।