काठमाडौं \ साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा भारी गिरावट आएको छ ।नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आइतबार कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो ।
बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटेका छन् ।
नेप्से घटेपनि आइतबार दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढेको छ । सिर्जनशील लघुवित्त र माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घट्यो ।