हेटौंडा \ बागमती प्रदेश सरकारले शुक्रबार चालु आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
शुक्रबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आव २०८०/८१ को वजेट प्रस्तुत गर्नुहुदैं बागमती प्रदेशमा प्रदेशको क्षेत्राधिकारमा अन्तरगतका सहकारीको नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउन सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरिने बताएका छन् ।
उनले सहकारी क्षेत्रलाई प्रदेश भित्र वित्तीय स्रोत परिचालन र उद्यमशीलता विकासको आधारको रुपमा विकास गरिने बताए । उनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई २ अर्ब १६ करोड बजेट विनियोजन गरेका छन् । बागमती प्रदेशमा कुल ६० अर्ब ७० करोडको अनुमानित बजेट ल्याइएको छ ।