April 19, 2024
जेष्ठ ३२, २०८०

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा ३८ जना दिदीबहिनीहरुलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।

बुधबार र विहीबार सञ्चालन भएको तालिमलाई मिलिजुली दिदीबहिनी समूहले आयोजना गरेको हो । समूहका अध्यक्ष बिमला बर्तौलाको अध्यक्षतामा विहीबार तालिमको समापन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष आशाकुमारी अधिकारी, वडा नम्बर ११ का वडा सदस्यहरु विकास नेपाल, सञ्जय विडारी, सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

दिदीबहिनी समूहका ३८ जनाले बाटेको धुपको तालिम लिएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् । तालिमलाई नानीमैया श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।

May be an image of 8 people