September 7, 2024
जेष्ठ ३०, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले सरकारले सहकारीबाट कर लिन मात्र नभई सहकारीको संरक्षण गर्ने काम सरकार रहेको बताएका छन् । प्रदेश सहकारी विकास बोर्डको आयोजना हेटौंडामा भएको सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महर्जनले उक्त कुरा राख्नुभएको हो ।

उनले सहकारी क्षेत्रमा आएको पछिल्लो समस्याहरुको निराकरणमा प्रदेश सरकार चिन्तित रहेको र आगामी बजेट मार्फत छुट्टै रजिष्ट्रार खडा गरी सहकारीका कामकारवाही नजिक सँग निहाल्ने गरी काम गरिने बताए । उनले प्रदेशमा दृष्टिबन्धक गर्दा लाग्ने शुल्क बढी रहेको भन्ने विषयलाई अध्ययन गरी आवश्यक समन्वय गरिने प्रतिवद्धता समेत गरेका थिए ।

कार्यक्रममा सहकारीको समस्या हामीले निम्तिएको होइनौं, यसमा कोभिडको प्रभाव पनि छ, शेयर सदस्यले अविश्वासका कारण पनि सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको बताए । शेयर सदस्यको बचत रकम संरक्षण गर्नु हामी सबैको दायित्व हो यसलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् ।

प्रदेश सहकारी विकासका कार्यकारीप् उपाध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका १३ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिका साथै जिल्लामा रहेका विषयगत सहकारी संघहरुको अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको छ । अन्तरक्रिया कार्यक्रम दुई सञ्चालन हुनेछ ।