
हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी सम्बन्धी शिक्षा प्रदान गरेको छ । शुक्रबार हेटौंडा ११ तल्लोतालमा शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको हो ।
सहकारीको वार्षिक कार्यक्रम अन्तरगत शेयर सदस्यलाई सहकारीका पछिल्लो नीति, नियम, कानुन ऐन र सहकारीमा भएका नयाँ व्यवस्थाबारे जानकारी दिने उद्देश्यले एक दिने सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् ।
पछिल्लो समय सहकारीमा भएका समस्या, आर्थिक मन्दी लगायतको विषयमा जानकारी दिदैं संस्थाका सहकारी सम्बन्धी योजना तथा कार्यक्रमहरुबारे समेत जानकारी गरिएको व्यवस्थापक श्रेष्ठले बताइन् ।
सहकारी शिक्षा कार्यक्रममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमलाई संस्थाका सचिव एंव शिक्षा उपसमितिका संयोजक विमला थापा, सदस्य जानुका बानियाँ र संस्थाका कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।