January 22, 2025
जेष्ठ २६, २०८०

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ कालिवनमा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले सहकारी सम्बन्धी शिक्षा प्रदान गरेको छ । विहीबार आफ्नो कार्य क्षेत्र रहेको चुवारपाखामा शेयर सदस्यलाई सहकारी शिक्षा सचेतना प्रदान गरिएको हो ।

सहकारीको वार्षिक कार्यक्रम अन्तरगत शेयर सदस्यलाई सहकारीका पछिल्लो नीति, नियम, कानुन ऐन र सहकारीमा भएका नयाँ व्यवस्थाबारे जानकारी दिने उद्देश्यले एक दिने सहकारी शिक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताइन् ।

पछिल्लो समय सहकारीमा भएका समस्या, आर्थिक मन्दी लगायतको विषयमा जानकारी दिदैं संस्थाका सहकारी सम्बन्धी योजना तथा कार्यक्रमहरुबारे समेत जानकारी गरिएको व्यवस्थापक न्यौपानेले बताइन् ।

सहकारी शिक्षा सचेतना कार्यक्रममा ५३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

May be an image of 3 people and text