हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारीको आयोजनामा भएको १० दिने ब्राइडल मेकअफ (दुलही श्रृङ्गार) तालिम शुक्रबार सकिएको छ । तालिमलाई हेटौंडा उपमहानरपालिकाको सहयोग रहेको छ । सहकारीको वार्षिक कार्यक्रम अन्तरगत दुलही श्रृंगार तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष विष्णुमाया लामाले बताइन् ।
शुक्रबार वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षतामा सहभागिहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो । २०/२० जनाको तीन समूह बनाई तालिम प्रदान गरिएको थियो । तालिममा हेटौंडा १३ र १२ का ६० जनाले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा संस्थाका सचिव दीपा लामा, प्रशिक्षक सुमित्रा मुडभरी र शान्ति माया मोक्तान, खबर सहकारी डटकमका सम्पादक श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो । सहकारीले आफ्ना शेयर सदस्यलाई विभिन्न खाले सीप मूलक तालिम प्रदान गर्दै आइरहेको छ ।