December 12, 2024
जेष्ठ १८, २०८०

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ र १० का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच २९ जना किसानलाई उक्त उपकरण वितरण गरिएको हो ।

गाउँपालिकाको समन्वय, कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा सहकारी मार्फत किसानहरुलाई वितरण गरिएको हो । कैलाश वडा ९ मा रहेको कालिका महिला कृषि सहकारी संस्थाका अध्यक्ष सुकुमाया थिङको अध्यक्षता तथा वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानको प्रमुख आतिथ्यतामा पाँच वटा पेट्रोलबाट र २४ वटा डिजेलबाट सञ्चालन हुने हाते ट्याक्टर किसानलाई वितरण गरिएको हो ।

No description available.

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा ब्लक अन्तरगत कृषि ज्ञान केन्द्र चितवनले हाते ट्याक्टर र स्प्रे पम्प ८ वटा वितरण गरेको सहकारी संस्थाकी सचिव जमुना घिमिरेले बताइन् । किसानको ५० प्रतिशत लगानी र बाकीँ ज्ञान केन्द्रको लगानीमा कृषि सामाग्री वितरण गरिएको सचिव घिमिरेले बताइन् ।

वितरणका कार्यक्रममा कृषि ज्ञान केन्द्रका ओमराज अर्याल, कार्यपालिका सदस्य बुद्धिलाल सुनार, वडा सदस्य सानुकान्छा स्याङ्तान, पालिका कृषि शाखा प्रमुख राहुल सेन्चुरी, वडा कृषि प्राविधिक गंगा घिमिरे लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।