हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १३ पदमपोखरीका महिलाहरुलाई स्वरोजगार बनाउने हेतुले १५ दिने बाँसबाट ह्याण्डीक्राफ्ट बनाउने तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजना तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा तालिम प्रदान गरिएको थियो ।
१५ दिन सम्म सञ्चालन भएको तालिम मंगलबार समापन भएको छ । तालिममा १८ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा बाँसबाट डटपेन राख्ने स्टेण्ड, फोटो फ्रेम, फुलदानी र गमला बनाउने सीप सिकाइएको थियो । तालिमलाई बिर्जु रानामगरले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा घरेलु तथा साना साना उद्योग कार्यालयका प्रमुख टीका शर्माको सभाध्यक्षता तथा वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष विष्णुमाया लामा, संस्थाका व्यवस्थापक फुलमाया मोक्तान लगायतको आतिथ्यता रहेको थियो । तालिम सहकारी संस्थाको भवनमै सञ्चालन गरिएको थियो ।