हेटौंडा \ हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा आइतबार बृहत रक्तदान कार्यक्रम गरेको छ । गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले पनि सोही स्थानमा संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संयुक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । सहकारीमा १९ जनाले र १३ जनाले मन्त्रालयतिर रक्तदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी लगायत प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापति लाल बहादुर थापा, हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमै आइतबार शेयर सदस्य परिवारका दुई जना जेहेन्दार विद्यार्थीलाई १५ हजार नगद छात्रवृति प्रदान गरेको छ । त्यस्तै, आजै वार्षिक लक्ष्य प्रगति समिक्षा र आगामी वर्षको लागि योजना तर्जुमा कार्यक्रम पनि सम्पन्न गरेको छ ।
सहकारीले स्थापना दिवसको अवसरमा एक दिने बाटे धुप बनाउने तालिम प्रदान गरेको थियो भने एक दिने पशुपालन तालिम पनि प्रदान गरेको थियो । सहकारीले ५० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गर्नुका साथै शनिबार बृहत बकैयामा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताइन् ।