September 7, 2024
जेष्ठ १४, २०८०

बकैया \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो औं स्थापना दिवसको अवसरमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार सहकारी अस्पतालका विशेषज्ञहरुको प्राविधिक टोलीले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम सहकारीको बकैया सेवा केन्द्र परिसरमा भएको थियो । शिविरमा ३०६ जनाले सेवा लिएका छन् । ११४ जनाले अर्थोपेडिक, १४१ जनाले फिजिसियन सेवा र ५१ जनाले स्त्री रोग सम्बन्धी सेवा लिएको सहकारी संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताइन् ।

May be an image of 7 people

स्वास्थ्य शिविरमा फिजिसियन डा. विजय साह कानु, स्त्री रोग विशेषज्ञ डा. बुनु मास्के र अर्थोपेडिक डा. विपिन काफ्लेले परिक्षण गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल, सहकारी अस्पतालका अध्यक्ष एंव हेटौंडा वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन, संस्थाका सल्लाहकार नुरप्रसाद गौतम आतिथ्यता रहेको थियो ।

सहकारीले स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडा ५ स्थित लक्ष्मी आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो भने आज आइतबार बृहत रक्तदान कार्यक्रम गरिने व्यवस्थापक सापकोटाले बताइन् ।