
हेटौंडा \ ईमान्दारीताका साथ काम गरे सहकारीमा समस्या नआउने सहकारीकर्मीहरुले बताएका छन । शुक्रवार हेटौडामा आयोजना गरिएको वर्तमान समयमा सहकारीमा देखा परेका समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया गोष्ठीमा सहभागी भएका सहकारीकर्मीहरुले नीति, विधि, सहकारी ऐन र नियममा रहि काम गरेका सहकारी संस्थाहरुमा समस्या नभएको बताएका हुन ।
मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा बोल्दै सचिव रिजालले सहकारी संस्थाहरुको विकासमा मन्त्रालय सदैव सहयोगीको रुपमा रहेको बताए । उत्पादन र उत्पादकत्वमा रहेर सञ्चालन भएका सहकारी मार्फत राज्यलाई सहयोग पुगेको भन्दै सचिव रिजालले केही सहकारले गर्दा हाम्रो सहकारी अभियानलाई समस्या आएकोले सरकारले चिन्ता व्यक्त गरेको बताए । सहकारीका चुनौती र समस्याको समाधान गर्न प्रदेश सरकार तयार रहेको बताए ।
गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमल्सिनाले वर्तमान अवस्थामा सहकारी संस्थाहरुमा देखापरेका समस्या, चुनौती र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, हेटौडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बीरेन्द्र प्रसाद ढुङगाना, संघकी सचिव प्रतिमा श्रेष्ठ लगायतकाले सहकारीमा देखा परेका समस्या र समाधानका विषयमा आफनो धारणा राखेका थिए ।
गोष्ठीमा ४० वटा विषयगत सहकारी संस्थाका पदाधिकारी, कर्मचारी समेत गरि २ सय ६० जनाको सहभागिता थियो । गोष्ठी सँगै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । गोष्ठीबाट १४ बुँदे घोषणा पत्र समेत जारी गरिएके छ ।
यस्तो छ जारी घोषणापत्र