February 24, 2024
जेष्ठ १२, २०८०

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले तीन महिने व्युटी पार्लर तालिम प्रदान गरेको छ । व्यवसायिक तथा सीपविकास तालिम केन्द्र हेटौंडाको सहयोगमा तालिम प्रदान गरिएको संस्थाका कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् ।

संस्थाको अध्यक्ष आशा कुमारी अधिकारीको अध्यक्षता तथा ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडाध्यक्ष दाहालले तालिममा सहभागिता जनाएका २५ जनालाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

May be an image of 7 people, people smiling, dais and text

कार्यक्रममा नवयुवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ, उपयोगी सहस्राब्दी साकोसका यज्ञ प्रसाद आचार्य, व्यावसायिक तथा सीपविकास तालिम केन्द्रका लेखा प्रमुख डिभि खड्का, प्रशिक्षकहरु अनुपमा घिमिरे ,इन्दिरा तिमल्सिना, नवराज पौडेल र महिला उद्यमी व्यावसायी बिमला बर्तौलाको आतिथ्यता रहेको थियो ।