December 3, 2023
जेष्ठ १०, २०८०

हेटौंडा \ हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था र सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित मकवानपुर सहकारी अस्पतालबीच उपचारका लागि सम्झौता भएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उपचारका लागि आवश्यक सहज होस् भन्ने हेतुले छुट सहितको सम्झौता गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले बताए ।

सहकारीको १७ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष पौडेल र अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र बुझेका थिए ।

सहकारीको शेयर सदस्य कार्ड देखाएपछि अस्पतालमा ७ देखी २० प्रतिशत सम्म छुट प्रदान गरिने अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।