हेटौंडा \ हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाको आफनै भवनमा संस्थाले स्थापना दिवस मनाएको हो । कार्यक्रममा सहभागिहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले गरेका शैक्षिक गतिविधी सन्तोषजनक रहेको र भविष्यमा मन्टेश्वरी कक्षा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारीले संस्थाको गतिविधिहरुको बारेमा जानकारी गराउनुका साथै विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको गतिविधिको बारेमा प्रकाश पारेका थिए ।
शिक्षाविद बद्री बहादुर पाठकको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव नारायण प्रसाद अधिकारी, सञ्चालक हिमाल पौडेल, शेयर सदस्य अर्जुन प्रसाद चौलागाई, शिक्षक, शिक्षिका, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।