January 13, 2025
जेष्ठ ९, २०८०

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले सोमबारबाट शेयर सदस्य लक्षित मोवाईल बैकिङ प्रणाली सुरुवात गरेको छ । संस्थाका अध्यक्ष फुलमान श्रेष्ठको सभाध्यक्षता तथा वडा ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरिएको हो ।

सहकारीले नवीनतम प्रविधिको प्रयोगका साथै शेयर सदस्यले घरबाटै सहकारीका सेवा लिन सक्ने वातावरण सिर्जना गर्न मोवाईल बैंकिङको सुरुवात गरिएको संस्थाका अध्यक्ष फुलमान श्रेष्ठले बताए । यो हाम्रो वार्षिक कार्यक्रम योजना अनुरुपको हो यसलाई भरपुर सदुपयोग गर्न शेयर सदस्यलाई आग्रह गर्दछु, अध्यक्ष श्रेष्ठले भने ।

May be an image of 4 people, hospital and text

संस्थाको सेवालाई थप प्रभावकारी र विश्वासिलो बनाउन यस सेवा दिइएको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठ(राजेश)ले बताए । सेवाबाट शेयर सदस्यले आफ्नो खाताबाट फण्ड ट्रान्सफर, पानी, विजुली, इन्टरनेटको वील भुक्तानी गर्न मिल्नुका साथै हवाई टिकट र ईन्स्योरेन्सको प्रिमियम तीर्न सकिने व्यवस्थापक श्रेष्ठले बताए ।

कार्यक्रममा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आशा अधिकारी, संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।