![](https://www.khabarsahakari.com/wp-content/uploads/2023/05/pukar-maharjan.jpg)
हेटौंडा \ बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयको जिम्मेवारी पुकार महर्जनले पाएका छन् । उनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा पाएका हुन् । आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएसँगै उनले मन्त्रालयको जिम्मा पाएका हुन् । प्रदेश सरकारले उनी सँगै ६ जना थप मन्त्रिपरिषद् विस्तार गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर १० को (क)को नेपाली कांग्रेसबाट निर्वाचित महर्जनले १० हजार ८२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्धी राप्रपाका उम्मेदवार उमेशराज सापकोटाले सात हजार ४ सय मत प्राप्त गरेका थिए ।
कार्तिपुर निवासी महर्जन २०४५ सालमा विद्यार्थी राजनिति लागेका उनी २०४७ तिर ईकाई सभापति बनेका थिए । सक्रिय रुपमा नेपाली कांग्रेसको राजनितिमा रहेका महर्जन २०५४ सालमा स्थानीय निर्वाचनमा ४ मतले पराजित भएका थिए । उनी २०६७ सालमा महाधिवेसन प्रतिनिधि, २०६९ मा क्षेत्रीय उपसभापति, २०७४ सालमा क्षेत्रीय सभापति बनेका उनी ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० को (क)बाट प्रदेश सभाका लागि निर्वाचित भएका थिए ।
मन्त्री महर्जन गतवर्षको पार्टी निर्वाचनमा पुनः क्षेत्रीय सभापति बनेका उनी सोही वर्ष भएको आम निर्वाचनमा पुनः सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।