हेटौंडा \ सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ ईन्स्योरेनस मर्ज भएपश्चात पहिलो पटक बागमती प्रदेश राजधानी हेटौंडामा बृहत अभिकर्ता भेला भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स हेटौंडा शाखाको आयोजनामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम शनिबार भएको शाखा प्रमुख अजय फुयाँलले बताए ।
कार्यक्रममा कम्पनीका बजार व्यवस्थापन मुख्य प्रवन्धक सुर्य प्रसाद गुप्ता, क्षेत्रीय म्यानेजर मदन गाहा र एरिया म्यानेजर सुर्य गिरीको उपस्थितीमा अभिकर्ताहरुलाई अबको कम्पनीको लक्ष्य र बीमा पोलिसीलाई कसरी अघि बढाउने विषयमा बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा करिब २ सय १६ जनाको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा बीमा सम्बन्धिका जानकारी मुलक कुराहरुका साथै बीमा व्यवसायमा काम गर्दा भोलीको भविष्य राम्रो हुनका साथै आजको हाम्रो थोरै थोरै बचतले भोलि परिवारको भविष्य सुनिश्चित हुन सक्ने हेटौंडा शाखा प्रमुख अजय फुँयालले बताएका थिए ।