April 20, 2024
जेष्ठ ३, २०८०

काभ्रे \ काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ । बैशाख १९ गते राति १ बजे सामुदायिक साकोसको सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई संस्थाबाट करिब ३३ लाख रुपैया चोरी गरी फरार भएका थिए ।

चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० वर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ वर्षीय अगबर लामा रहेका छन् ।

अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् भने अशोक र अगवरलाई विशेष सुराकीको आधारमा मकवानपुरको फाखेलबाटै नियन्त्रणमा लिइएको काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले बताए । उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका रड बरामद गरिएको थियो । पक्राउ पर्ने चारै जना मकवानपुरका हुन् ।

चोरीमा संलग्न ४ जना पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजानिक समेत गरेको छ भने उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।