हेटौँडा \ सहकारीबाट चोरी गरेर फरार भएका दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नंबर ७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरि ३३ लाख लिएर फरार भएको दुईजना मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
गत बैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैया चोरी गरि फरार इन्द्रसरोवर ५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताएका छन् । उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रड समेत बरामद भएको कार्कीले बताए ।