हेटौंडा \ हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाले विहीबार एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सहकारी संस्थाका अध्यक्ष जानकी चौधरीको सभाध्यक्षता तथा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै लम्सालले सहकारीमा देखिएका विद्यमान् समस्या, चुनौती र त्यसका असरबारेमा प्रष्टाएका थिए । उनले सहकारीलाई पर्ने समस्याहरुको समाधानमा सञ्चालक, कर्मचारी तथा शेयर सदस्यको भूमिका कस्ता रहनुपर्छ भन्ने विषयमा आफ्नो भनाइराखेका थिए ।
कार्यक्रममा संचालक सदस्य एंव शिक्षा उपससमितिका संयोजक पदमबहादुर बजगाई, सदस्य रामकुमार विष्ट, प्रभा बानियाँ, संस्थाका व्यवस्थापक प्रकाश बहादुर खनालले सहजिकरण गरेका थिए । कार्यक्रममा ४२ जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत सहकारी शिक्षा तालिम प्रदान गरिएको संस्थाका व्यवस्थापक खनालले बताए ।