हेटौडा \ हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वाार सञ्चालित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको हो ।
विभिन्न बहुउद्धेश्यीय सहकारी, बचत तथा ऋण सहकारी संस्थाहरुले गरेका क्रियाकलाप र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यका साथ भ्रमणको आयोजना गरिएको हो ।
भ्रमण दलका सहभागिहरुले दोलखा जिल्लामा रहेको भीमेश्वर बहुउद्धेश्यीय सहकारी, रामेछापमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था, सिन्धुलीमा रहेको गौमाता गाईपालन समूह, दोलखामा रहेको कालिञ्चोक भगवती र भीमेश्वर मन्दिरको अवलोकन गरेको संस्था अध्यक्ष उदय विडारीले बताए ।
भ्रमण फलदायी रहेको र भ्रमणले आफूलाई केहि गर्न उत्साह थपेको भ्रमणमा सहभागि संस्थापक अध्यक्ष बासुदेव सापकोटाले बताए । भ्रमण दलमा सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, महिला उपसमिति, कर्मचारी, सञ्चारकर्मी, शेयर सदस्यmसमेत गरि २८ जनाको सहभागिता रहेको थियो ।
आफ्नै सुविधा सम्पन्न २ तल्ले भवन समेत रहेको सहकारीमा ६ सय ३५ जना शेयर सदस्य रहेको छ भने कुल पूँजी करिव ३ करोड रहेको ब्यवस्थापक भीमसेन पौडेलले बताए ।