October 10, 2024
बैशाख २३, २०८०

इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाको शनिबार तेस्रो त्रैमासिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बालमैत्री भवनमा भएको कार्यक्रम संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षता तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष एंव संस्थाका सल्लाहकार जीवन लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

सोही अवसरमा सहकारीले वार्षिक कार्यक्रम अन्तरगत छात्रवृति स्वरुप १० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । साविक फाखेल गाविसका पाँचवटा प्रावितहका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित झोला वितरण गरिएको थियो । कालिका माविका आउन लामा र रेशु बल, महाचुनी माविका सोनिका नगरकोटी र निरज कार्की, कालीदेवी माविका युनिशा लामा र दिप्लव लो, सिंह भैरव आधारभूत विद्यालयका संचिता डिम्डुङ र प्रयास योन्जन, मञ्जुश्री जन आधारभूत विद्यालयका रोजित थोकर र अस्मिता थोकरलाई छात्रवृति प्रदान गरिएको संस्थाका व्यवस्थापक सरोज थापा मगरले बताए ।
No description available.

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्रबहादुर बल, कार्यपालिका सदस्य रामकृष्ण कामी, संस्थाका पदाधिकारी, कर्मचारीहरु, विद्यालयका शिक्षकशिक्षिका तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा सहकारीका बचत तथा ऋणका संसोधित नीति र नियमका विषयका साथै अहिले भएको आर्थिक मन्दीका विषयमा समेत जानकारी गराइएको थियो ।