April 13, 2024
बैशाख १७, २०८०

हेटौंडा \ हेटौंडा २ देवीपथमा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिबार हेटौंडा १७ क्षेत्रमा एक दिने सहकारी शिक्षा शिविर आयोजना गरेको छ । किसान दुग्ध उत्पादक सहकारी संस्थाको सभाहलमा सहकारीमा आवद्ध भएका नयाँ सदस्यहरुलाई सहकारी शिक्षा शिविर प्रदान गरिएको हो ।

संस्थाका सचिव रामजी सापकोटाको अध्यक्षता तथा संस्थाका अध्यक्ष मिठ्ठाराम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । शिक्षा शिविरलाई संस्थाका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल र प्राध्यापक शिवराज पराजुली(अर्पण)को सहजीकरण गरेका थिए । कार्यक्रममा ८१ जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

No description available.

कार्यक्रममा संस्थाका कोषाध्यक्ष केशव प्रसाद देवकोटा, सदस्य मनद प्रसाद लामिछाने हटिया सेवा केन्द्र उपसििमतका सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत नयाँ शेयर सदस्य लक्षित शिक्षा शिविर कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक बद्री प्रसाद भण्डारीले बताए । कार्यक्रममा भण्डारीले संस्थाको गतिविधि र आर्थिक कारोवारको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए ।

No description available.