हेटौंडा \ हेटौंडामा सोमबारबाट सुरु भएको पाँच दिने आधारभूत सहकारी लेखापालन तालिम शनिबार समापन भएको छ । जिल्लामा रहेका सहकारी संस्थाका एक जना कर्मचारीलाई आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम प्रदान गरिएको हो ।
मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजना तथा प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहयोगमा भएको तालिमलाई संघका व्यवस्थापक गोविन्द दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, अडिटर्स नवराज खनाल र मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखापाल सन्तोष घिमिरेले प्रशिक्षण दिएका थिए ।
जिल्लाभित्रका विषयगत सहकारीहरुका कर्मचारी तथा लेखा समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा ३० जनाको सहभागिता रहेको थियो । शनिबार संघका उपाध्यक्ष मेनुका दाहालको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, प्रशिक्षकद्धय नवराज खनाल र गोविन्द दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखापाल सन्तोष घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
तालिम पश्चात अब कर्मचारीसाथीहरुले तालिमलाई व्यवहारमा लागु गर्नुपर्ने, संघसंस्था प्रविधिमैत्री हुनुपर्ने, ज्ञान, सीप र प्रविधिमा आधारित सहकारी संघ संस्थाहरुपर्ने ,दवाव र प्रभावमा नरहि नीति र विधिमा चल्नुपर्ने, लेखाप्रणालीको आत्मसाथ गर्न नसक्दाखेरी व्यवहारिक हुनाले पर्ने समस्या अब टर्ने गरि काम गर्न वक्ताहरुले बताएका थिए ।