मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको एक दिने स्तन तथा पाठेघर मुखको क्यान्सर सम्बन्धी परिक्षणमा १३४ जनाले सेवा लिएका छन् ।
मंगलबार सहिद रुद्र स्मृति सामूदायिक स्वास्थ्य ईकाइ परिसरमा भएको परिक्षण कार्यक्रममा १३४ जनाले परिक्षण गराएका हुन् । परिक्षण गराएका मध्ये आङ खसेको पहिलो चरणका ७ जना, दोस्रो चरणका २ जना र तेस्रो चरणका २ जना रहेको सहकारी संस्थाका व्यवस्थापक मेनुका दाहालले बताइन् । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा परिक्षण कार्यक्रम गरिएको थियो ।
परिक्षणमा पोलिप ४ जना, सीवसाइ ट्रिस ४ जना, संक्रमित पानी बगेको २ जना, लिजन २ जना, टच विल्ङ्गि १० जना र पाठेघरको मुखमा संक्रमण भइसकेको १७ जनामा देखिएको व्यवस्थापक दाहालले बताइन् ।
क्यान्सर परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा भागवत घिमिरे, ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने, सहिद रुद्र स्मृति सामूदायिक स्वास्थ्य ईकाइका प्रमुख लक्ष्मण दाहाललगायतको आतिथ्यता रहेको थियो ।
क्यान्सर परिक्षण कार्यक्रम मकवानपुरगढी गाउँपालिका, नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरसँगको समन्वयमा भएको थियो ।