December 3, 2023
बैशाख ११, २०८०

हेटौंडा \ हेटौंडामा पाँच दिने आधारभूत सहकारी लेखापालन तालिम सोमबारबाट सुरु भएको छ । जिल्लामा रहेका सहकारी संस्थाका एक जना कर्मचारीलाई आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम प्रदान गरिएको हो ।

मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा भएको तालिमलाई संघका व्यवस्थापक गोविन्द  दाहाल,राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल र नवराज खनालले प्रशिक्षण दिनेछन् ।

जिल्लाभित्रका विषयगत सहकारीहरुका कर्मचारी तथा लेखा समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिम १६ गते सम्म सञ्चालन गरिने संघका व्यवस्थापक गोविन्द दाहालले बताए । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।