हेटौंडा \ हेटौंडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव कार्यक्रम आईतवार भएको छ । वार्षिकोत्सको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । भवन निर्माणमा सहयोग गर्ने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद गौतम, सचिव भीमसेन पौडेल, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सदस्य धन बहादुर गौतम, राजकुमार विडारी, राधिका गौतम र शर्मिला ढकाललाई सम्मान गरिएको थियो ।
यसैगरि अनुगमन समितिका संयोजक गौरवकुमार पराजुली, सदस्य श्रीराम कँडेल, बद्री प्रसाद गौतम, कल्पना पराजुली र शर्मिला सुनदासलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
संस्थाको आर्थिक पाटोलाई व्यवस्थित र पारदर्शी बनाउन हेटौडा–६ नंं वडा कार्यालयले संस्थालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । वार्षिकोत्सवकै अवसरमा वडा अध्यक्ष विष्णु बहादुर दाहालले कम्प्युटर र प्रिन्टर संस्थाका अध्यक्ष उदय विडारीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा हेटौडा–६ चुच्चेखोला निवासी एकल महिला ठूलीमाया दमिनीलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । संस्था सञ्चालक समिति, लेखा समिति, सल्लाहकार र शेयर सदस्यहरुबाट संकलन गरिएको १२ हजार ५ सय रुपैयाँ निजलाइ प्रदान गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका सदस्य अर्जुन प्रसाद चौलागाई, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार गौरव कुमार पराजुली, हिमाल पौडेल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रगतिशील महिला आपसी विकास संस्थाका उपाध्यक्ष गायत्री घिमिरे, संस्थाका उपाध्यक्ष उदय प्रकाश दहाल, व्यवस्थापक भीमसेन पौडेल, शेयर सदस्य, शुभचिन्तक लगायतको सहभागिता थियो ।