हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले एक दिने स्तन तथा पाठेघर मुख क्यान्सर विरुद्ध सचेतनामुलक कार्यक्रम शनिबार गरेको छ ।

संस्थाको वार्षिक कार्यक्रम अन्तरगत आफ्ना शेयर सदस्यलाई स्तन तथा पाठेघर मुख क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताइन् । महिलाहरुमा स्तन र पाठेघर क्यान्सर रोग पिडित संख्या बढी रहेको अवस्थामा सदस्यहरुलाई रोगबाट कसरी सजग र रोग लाग्नु भन्दा रोग लाग्न नदिन के के गरिनुपर्ने भनी सचेतनामूलक कार्यक्रम गरिएको व्यवपस्थापक रुम्बाले बताईन् ।

May be an image of 7 people

सहकारीको आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८० जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष जानुका दवाडीको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रमलाई नेपाल अर्बुद रोग निवारण संस्थाका कापिला जोशीले सहजिकरण गरेकी थिईन् ।