September 7, 2024
बैशाख ४, २०८०

जिसस प्रमुख ललितबहादुर घलानलाई सम्मान गर्दै संस्थाका अध्यक्ष विष्णुमाया लामा ।

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवस मनाएको छ । सोमबार विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै दिवस मनाएको छ । सहकारी संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेल, वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामा, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख रामेश्वर अर्यालको विशेष आतिथ्यता रहेको थियो ।

दिवसको अवसरमा सर्वाधिक बचतगर्ने ईश्वरी पाण्डे, कुसुमाया थिङ, निशा थिङ, विनाकुमारी लामा, सविता थापा मगर, अश्विन वाईवा, रुमिला लामालाई सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरि सफल उद्यमी सम्मानतर्फ सुनकेशरी लामा, खिना स्याङ्तान, सितामाया ब्लोन, पार्वती थिङ र मुना थिङलाई पनि सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै असल ऋणीतर्फ अञ्जु गोपाली, मनमाया घलान, श्याममाया मुक्तान, कमला राई र सञ्चमाया स्याङ्तानलाई सम्मान गरिएको थियो । सहकारीले स्मति घलान र इन्चुक सिन्तानलाई नगद ५ हजार सहित छात्रवृति प्रदान गरिएको थियो भने उत्कृष्ट ससमूहमा नवज्योती महिला समूहलाई पुरस्कृत गरिएको थियो । साथै सहकारीले हेटौंडा —१२ निवासी समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानलाई दोसल्लाका साथ सम्मानपत्रले सम्मान गरिएको थियो ।

दिवस कार्यक्रममा वडा नम्बर १२ का वडा सदस्य गीता परियार, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, महेन्द्र माविका प्रअ विष्णु श्रेष्ठ, क्याम्पस प्रमुख निबन्ध लामा लगायतको आतिथ्यता रहेको थियो । दिवसको अवसरमा सहकारीले विद्यालयलाई डस्विन वितरण समेत गरेको थियो ।

No description available.

सहकारीले चैत्र मसान्तसम्म आफ्ना शेयर सदस्यलाई ५८ करोड ६७ करोड २ हजार १६९ रुपैयाँ कर्जा लगानी गरेको छ भने ५० करोड ८ लाख ६३ हजार ९३३ रुपयौं बचत निक्षेप संकलन गरेको संस्थाका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले बताइन् । सहकारीमा ३८७ महिला समूह रहेका छन् भने संस्थाको शेयरपुँजी ६ करोड ९३ लाख ८१ हजार ५ सय रहेको छ । सहकारीको जगेडा कोषमा ३ करोड ७३ लाख ३२ हजार १०२ रहेको छ । संस्थाले चैत्र मसान्त सम्ममा ६८ करोड ९४ लाख ९७ हजार ९७२ रुपैयाँ बराबरको कारोबार गरेको व्यवस्थापक मोक्तानले बताइन् । सहकारीले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४,९,१०,१२,१३, १४ मा कार्यक्षेत्र बनाई सेवा प्रदान गर्दै आइरहेको छ ।