हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार सहकारीले नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान आयोजना गरिएको हो । संस्थाका अध्यक्ष यसोदा पराजुलीको अध्यक्षता तथा वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । जसमा ५ जना महिला र २४ जना पूरुष रहेको संस्थाका व्यवस्थापक सुशीला वाईवाले बताइन् । कार्यक्रममा हेटौंडा उपमहानगरका कार्यपालिका सदस्य रुक्मिणी गोङ्वा, संस्थाका लेखा समिति संयोजक अचला शर्मा लगायतको आतिथ्यता रहेको थियो ।