हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ वर्ष २०८० सालको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
विहीबार संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
नयाँ वर्षको शुभकामना आदानप्रदान सँगै यस वर्षको सहकारी नारा सहकारीको दिगोपन, स्वनियमन र सुशासन बारे चर्चापरिचर्चा समेत गरिएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, संस्थाका सल्लाहकार ईश्वरी न्यौपाने, विजेन्द्र अग्रवाल, निरन्जन ढकाल, कुमार पौडेल, टोलविकास संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
शुभकामना कार्यक्रमकै अवसरमा नयाँवर्ष २०८० सालको सहकारीको क्यालेण्डर वितरण समेत गरिएको थियो ।