December 12, 2024
चैत्र ३०, २०७९

हेटौंडा \ हेटौंडा २ देवीपथमा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०८० सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विहीबार संस्थाको भवनमा सहकारी संस्थाका निवर्तमान उपाध्यक्ष समेत रहेका बागमती प्रदेश सरकारका पूर्व मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष मिठ्ठाराम दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले देशमा भएको आर्थिक संकट विस्तारै सहकारी क्षेत्रमा पर्न थालेको बताए । बैंक तथा वित्तीय संस्थाहरुमा जस्तो धक्का सहकारीमा पनि सुरु भएका उनले बताए । उनले सहकारीमा तरलता अभाव हुन नदिने, सुशासन र शेयर सदस्य लक्षित काम गर्दै लैजान आग्रहका साथ नयाँवर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, संस्थाका सल्लाहकार कुमारमणि दाहाल, लेखा समिति संयोजक तेजप्रसाद रुपाखेती, शिक्षकहित साकोसका अध्यक्ष सीताराम दाहाललगायतको आतिथ्यता रहेको थियो ।

No description available.

दुई हजार ६०८ जना शेयर सदस्य रहेको सहकारीमा २ करोड ८२ लाख ६७ हजार तीन सय शेयरपुँजी रहेको छ । सहकारीले आफ्ना सदस्यलाई ३० करोड १२ लाख ५१ हजार १५३ रुपैयाँ कर्जा लगानी गरेको छ भने सदस्यले सहकारीमा २८ करोड ६ लाख १४ हजार ६०६ रुपैयाँ बचत जम्मा गरेका छन् ।

सहकारीको जगेडा कोषमा २ करोड ११ हजार ८२ लाख ८२५ रुपैयाँ राखेको छ भने अन्य कोषमा एक करोड ९७ लाख ९१ हजार ६५४ रहेको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । सहकारीले मोटामाटी नाफा ४९ लाख ९६ हजार ६९४ गरेको उनले बताए । सहकारीले हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका क्षेत्रमा सेवा प्रवाह गर्दै आइरहेको छ ।