हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा गरिएको स्वास्थ्य शिविरमा १४० जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।
बुधबार दाँत र पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षणमा १४० जनाले सेवा लिएका हुन् । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा सदस्यद्धय मिनु विश्वकर्मा र सिंह बहादुर लो, संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । चुरियामाई स्वास्थ्य चौकीका ईन्चार्ज धनेश्वर साह, परिवार नियोजन संघका रेणु राईको टिम र दाँत तर्फ डा. आरिफ करिम र प्रियंका साहको नेतृत्वका स्वास्थ्य परिक्षण गरिएको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् ।