February 19, 2025
चैत्र २८, २०७९

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा सुरु गरिएको सात दिने व्यूटिपार्लर तालिम समापन भएको छ । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षतामा तालिम समापन गरिएको हो । पार्लर तालिममा ३३ जनाले सहभागिता जनाएका थिए । तालिमलाई शान्ति मुक्तानले प्रशिक्षण दिएकी थिइन् ।

त्यस्तै, सहकारीले सोमबार आफ्ना शेयर सदस्यलाई पशुपालन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । मत्स्य विकास निर्देशनालयका निरा बस्नेतले बाख्रा र गाई पालन सम्बन्धी तालिम प्रदान गरेकी थिइन् । तालिममा ४६ जना शेयर सदस्यहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक माया तामाङले बताइन् ।

महिला दिदीबहिनीहरुलाई पशुपालन तर्फ स्वरोजगार बन्न एक दिने तालिम सहकारीले निशुल्क प्रदान गरेको व्यवस्थापक तामाङले बताइन् ।

स्थापना दिवसको अवसरमा भोली बुधबार निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिने जनाइएको छ । स्वास्थ्य शिविरमा दाँत र पाठेघर क्यान्सर रोग सम्बन्धी परिक्षण गरिने तामाङले बताइन् । सहकारीले स्थापना दिवसको अवसरमा गरिएका विभिन्न कार्यक्रमहरुको समापन गर्दै ३० गते बृहत रुपमा स्थापना दिवस मनाएर समापन गरिने तयारी रहेको सहकारीले जनाएको छ ।

May be an image of 12 people, people sitting and indoor