February 24, 2024
चैत्र २५, २०७९

मकवानपुरगढी \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम गरेको छ ।

शनिबार बिहान सहकारीको आफ्नै भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक मेनुका दाहालले बताइन् । कार्यक्रममा ६ जना महिला ८ जना पुरुषले रक्तदान गरेका थिए ।

सहकारीले वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस अघि बाल कार्यक्रम र शेयर सदस्य लक्षित कार्यक्रमहरु गरिएको व्यवस्थापक मेनुका दाहालले बताईन ।

संस्थाका सचिव सरिता विश्वकर्माको संयोजकत्वमा रक्तदान कार्यक्रम गरिएको थियो ।