January 13, 2025
चैत्र १९, २०७९

हेटौंडा \ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधि मूलक शेयर सदस्यलाई क्यान्सर रोग सम्बन्धी अनुशिक्षण दिएको छ ।

सहकारी संस्थाको आयोजना तथा हेटौंडा स्थित सञ्चो हस्पिटलको प्राविधिक सहयोगमा मानिसहरुमा लाग्ने विभिन्न क्यान्सर रोग सम्बन्धी जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगर वडा १३ का अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

No description available.

कार्यक्रममा जैविक मल तथा विषादी बनाउने तालिमका प्रशिक्षक ध्रव भुजेल, सञ्चो अस्पतालका मार्केटिङ म्यानेजर निमेष लम्साल, प्रशिक्षक एंव हेटौंडा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख भोला प्रसाद चौलागाई, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।

प्रशिक्षक चौलागाईले विशेषगरि महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सहित अन्य क्यान्सर रोग र त्यसबाट बच्ने विधिबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

No description available.

सहकारीले केहि दिन अघि जैविक मल र विषादी बनाउने तालिम पनि दिएको थियो । सोही तालिम पश्चात सहभागिहरुले तयार पारेको मल र विषादीको निरिक्षण समेत गरिएको थियो । अर्गानिक उत्पादन गर्ने सोचले सहकारीले ३० जना महिलाहरुलाई जैविक मल बनाउने र बालीहरुमा लाग्ने किटाणुहरुलाई नष्ट गर्न जैविक विषादी समेत बनाउने तालिम दिइएको थियो ।