मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा शनिबार विभिन्न सदस्य तथा बाल सदस्य लक्षित कार्यक्रमहरु गरेको छ । भानु माध्यामिक विद्यालय परिसरमा घैटो फुटाई र म्युजिकल चियर प्रतियोगिता भएको थियो । घैंटो फुटाईमा शेयर सदस्य सरोज अधिकारी प्रथम भएका छन् भने म्युजिकल चियरमा सुमित्रा लामिछाने प्रथम भएकी छिन् ।
त्यस्तै, बाल शेयर सदस्यका बाल कार्यक्रम अन्तरगत बल पास खेलमा सिमन बुढाथोकी, अनुपम दाहाल र सार्थक ल्वागुन क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यसैगरि ५ देखी १० वर्ष सम्मका बालबालिकाहरु बीच स्मरण परिक्षण प्रतियोगितामा श्रद्धा ल्वागुन, रसिका फुयाँल र निर्देश चौलागाई क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा भने प्रिन्स पुडासैनी र कृति घिमिरे समूह प्रथम, श्रीया न्यौपाने र रचना हुमागाईको समूह द्धितीय र युनिशा चौलागाई र जेनिशा खतिवडाको समूह तृतीय भएका छन् ।
संस्थाका उपाध्यक्ष भगवती घिमिरेको संयोजकत्वमा बालकार्यक्रम भएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिसकेको छ भने
चैत्र २० गते राष्ट्रिय सहकारी दिवसमा जिल्लाको कार्यक्रममा सहभागि बन्ने, २५ गते संस्थाको भवनमा रक्तदान कार्यक्रम र २८ गते जेष्ठ नागरिक सम्मान गरिने संस्थाका व्यवस्थापक मेनुका दाहालले बताइन् ।