April 19, 2024
चैत्र १२, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

शनिबार सप्ताहव्यापी कार्यक्रम अन्तरगत स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरका निवर्तमान अध्यक्ष कापिला जोशीले क्यान्सरबारे प्रशिक्षण दिएकी थिइन् । उक्त क्यान्सरका लक्षण, लागे पछिको उपचार र रोग लाग्न नदिन अपनाउनुपर्ने विधिबारे जानकारी गराइएको थियो ।

संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको उक्त सचेतना कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर शाखाका अध्यक्ष माधव अधिकारी, संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

अर्वुद रोग निवारण संस्थासँगको सहकार्यमा सहकारीले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सहकारीले सप्ताहव्यापी कार्यक्रम अन्तरगत १८ गते बाल कार्यक्रमहरु गरिने सहकारी भवनमा, सोही कार्यक्रम हेटौंडा १७ मा रहेको त्रिभूवन माविमा समेत गरिने संस्थाका व्यवस्थापक मेनुका दाहालले बताइन् । त्यस्तै, चैत्र २० गते राष्ट्रिय सहकारी दिवसमा जिल्लाको कार्यक्रममा सहभागि बन्ने, २५ गते संस्थाको भवनमा रक्तदान कार्यक्रम र २८ गते जेष्ठ नागरिक सम्मान गरिने दाहालले बताइन् ।