हेटौंडा \ सहकारीमा वित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी शुक्रबार हेटौंडामा भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा गोष्ठी भएको हो । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

संघमा आवद्ध रहेका सहकारी संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र व्यवस्थापकहरुको बृहत सहभागितामा जोखिम व्यवस्थापन सम्बन्धमा सहकारी विज्ञ केशव प्रसाद पोखरेल र प्रदेश सहकारी महाशाखा रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहजिकरणका साथै आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो सेसनमा सहकारीमा वित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापनमा सरोकारवालाहरुको भूमिकामा बहस कार्यक्रम गरिएको थियो । गोष्ठीमा सहभागिहरुको प्रश्न, जिज्ञासाको जवाफ सम्बन्धित निकायका प्रतिनिधिसँग लिइएको थियो ।

No description available.

बहस कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, हेटौंडा उपमहानगरपालिका वडा ११ का वडा अध्यक्ष जुना दाहाल, नेफ्स्कुनका निवर्तमान कोषाध्यक्ष एंव सहकारी विज्ञ केशव प्रसाद पोखरेल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक प्रद्युम्न उपाध्याय, बचत संघका सल्लाहकार बद्री प्रसाद लम्साल, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।