February 19, 2025
चैत्र ९, २०७९

हेटौंडा \ छिमेक लघुवित्त वित्तीय संस्थाले हेटौंडामा विश्व वित्तीय सप्ताह कार्यक्रम अन्तरगत विहीबार प्रभातफेरी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गर्दै आज कार्यलयबाट सुरु भएको प्रभातफेरी हेटौंडाको सिमाचोक, बुद्धचोक, कान्तिराजपथ हुदैं पारिजातपथ भएर मेनरोड हुदैं पुनः अजरअमररोडमा रहेको छिमेक लुघुवित्त वित्तीय संस्थामा पुगी समापन गरिएको थियो ।

वित्तीय साक्षरता अभियान जारी राखौं, आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट गरौं, डिजिटल बैंकिङ सेवा प्रयोग गरौं र स्मार्ट बनौं, बचत गरौं आफु सँगै पैसाको समेत सुरक्षा गरौं जस्ता नाराहरु लगाइए प्रभातफेरी गरिएको थियो ।

संस्थाको निणर्य अनुसार मार्च २० देखी २६ गते सम्म विश्व वित्तीय सप्ताह सञ्चालन गरिने कम्पनीका सचिव तथा सहायक महाप्रवन्धक दिलिप कुमार श्रेष्ठले बताए ।

No description available.

संस्थाले चैत्र ६ गते संस्थामा कार्यरत कर्मचारीबीच वित्तीय सचेतना विषयक अन्तरक्रिया, संस्थाको वेभसाइट तथा फेसबुक पेज लगायत व्यानर प्रर्चाहरुमा ग्लोवल मनि विक २०२३ प्रचारप्रसार गरिएको थियो । शाखा कार्यालयहरु पथरैया, कैलालीमा साक्षरता सचेतना कार्यक्रम गरिएको थियो । ७ गते शाखा कार्यालय नारायणगढ, कैलाली, गेटा लगायतका स्थानमा र ८ गते शाखा कार्यालय कैलाली भजनी नगरपालिमा सचेतना कार्यक्रम गरिएको सचिव श्रेष्ठले बताए ।

संस्थाको भोली शुक्रबार २१ औं वार्षिक साधारण सभा समेत रहेकाले कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामचन्द्र जोशीको सभाध्यक्षतामा हेटौंडा सभा गरिने सचिव श्रेष्ठले बताएका छन् ।