हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले श्रमिक महिला शेयर सदस्यलाई सम्मान गरेको छ ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार एक कार्यक्रमकाबीच श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान गरिएको थियो ।

कार्यक्रममा हाउस वाइरिङ तालिम लिई सरकारी सेवा गर्दै आएकी सिर्जना तिमल्सिना, लैङ्गिक समानतालाई आत्मसाथ गर्दै भवन निर्माण कार्यमा निरन्तर नेतृत्व गर्दै आएकी मोनु कुमारी विश्वकर्मा, नेपाल प्रहरी सेवामा १६ वर्षदेखी सेवा गर्दै आएकी अप्सरा दर्जी र अनिता घलान, नर्सिङ पेशामा रहि ९ वर्षदेखी स्वास्थ्य सेवामा क्रियाशील सुनिता थापा, र ४ वर्षदेखी स्वास्थ्य सेवामा क्रियाशील बिनिमा बज्रचार्य, र सरिता दाहाललाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाद, संस्थाका पदाधिकारी, व्यवस्थापक माया तामाङलगायतकाको उपस्थिती रहेको थियो ।