April 13, 2024
फाल्गुन २०, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दलमा रहेको सृजना दुग्ध उत्पादक सहकारी संस्थाको शनिबार २५ औं वार्षिक साधारण सभा भएको छ ।

संस्थाका अध्यक्ष दुर्गा बहादुर गोलेको सभाध्यक्षतामा भएको सभामा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य विदुर हुमागाई, वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष जीत बहादुर घिमिरे, वडा सदस्य अर्जुन बहादुर रुम्बा, हेटौंडा १ का वडा सदस्य रामकृष्ण अधिकारी, बुङ्दल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाद दुलाल, पुर्व अध्यक्ष तीर्थराज लम्साल लगायतको आतिथ्यता रहेको थियो । सभाको अवसर पारेर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको भनी केन्द्रीय सदस्य विदुर हुमागाईलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

No description available.

सभामा संस्थाका अध्यक्ष दुर्गा बहादुर गोलेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक ज्ञान प्रसाद हुमागाईले प्रस्तुत गरेका थिए । हुमागाईले आव २०७८\७९को आयव्यव विवरण सभामा राखेका थिए । सहकारीले २ करोड २ लाख ५९ हजार ९६३ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भेलाले तीर्थराज लम्सालको अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ ।